राजनीतिक घटनाक्रम तिब्ररुपमा भइरहेका बेला सत्ता गठबन्धनको बैठक बोलाइएको छ। सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको हो।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई लिएर कांग्रेस र माओवादीबिच दूरी बढिरहेका बेला विपक्षीले भेटघाटलाई तिब्रता दिएका छन्।
साँझ विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका प्रचण्डले सोमबार बिहान गठबन्धन दलहरुलाई बोलाएका हुन्।
अहिले मन्त्रीहरु फेरेर यहि गठबन्धनलाई निरन्तरता दिने वा समीकरण नै परिवर्तन गर्ने भन्ने चर्चा बाहिर आएका छन्।