दमक/ मोरङको बेलवारी नगरपालिका–१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परेर झापाका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना कमल गाउँपालिकाका छन भने एक जना विर्तामोड नगरपालिकाका छन ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ –०२–००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए ।
घाईतेहरुलाई कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका–२ का ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते बिर्तामोड–२ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तामोड–४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका–७ मोरङका २३ बर्षीय चन्द्र कुमार बि.क. र बस चालक सुन्दरहरैचा–१२ का ४५ बर्षीय छत्र कुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।