बिर्तामोड/ ट्रयाक्टरको ठक्करबाट झापाको कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा सोमवार साँझ एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोहि ठाउँका अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सोमवार साँझ ६:३० वजे कनकाई नगरपालिका ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदैगरेको मे १ त ११५१ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदैगरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मिश्रलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदा बाटोमै मृत्यु भइसकेको थियो ।

Facebook Comments Box