दमक/ समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको प्रअधिबेशन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) बिर्तामोडमा सम्पन्न प्रथम अधिबेशनले समाजवादी प्रेस संगठन झापा जिल्ला कमिटी पुनर्गठन गरेको हो ।
संगठनको झापा अध्यक्षमा शम्भुजित दाहाललाई चयन गरेको छ भने उपाध्यक्षमा गोविन्द लुहागुन र रिता दाहाल, सचिवमा सुरज प्रधान, सहसचिव नवराज सुवेदी, रन्जिता खड्का, कोषाध्यक्षमा दिपिका लोहार निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।
अधिबेशनमा संगठनका झापा अध्यक्ष अनिलदेब राईको अध्यक्षता र केन्द्रीय अध्यक्ष बिश्वमणि सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तैं, नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य अशेस घिमिरे, निलमणि बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, झापाका अग्रज पत्रकार लीला बराल, एकीकृत सरकारी कर्मचारी महासंघका बरिस्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, बिपि भट्टराई लगायतको सहभागी थिए । २०७८ माघ २५ गते अनिलदेव राईको नेतृत्वमा समाजबादी प्रेस संगठन नेपाल जिल्ला कमिटी झापाको गठन भएको थियोे ।