काठमाडौं/ काठमाडौंको थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट २२ दिनको नवजात शिशु चोरी भएको छ । अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको बच्चा चोरी भएको हो ।
उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। । आउँदा बच्चा र ती व्यक्ति नभएका कारण खोजेकी थिइन् । नभेटिएपछि उनले प्रहरीलाई जानकारी गराएकी हुन् ।
अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ ।