गौरादहमा आगलागी

Author Nishkarsha News
२०८० फाल्गुन ५, शनिबार २०:५७

गौरादह/ गौरादह– १ रेडक्रस चौकमा आगलागी हुँदा १५ कठ्ठा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ ।
शनिबार साँझ अन्दाजी ७ः१५ बजे स्थानीय रमादेवी सेढाईको धानको परालमा आगलागी भएको हो । उनले अधिँया गरेर कमाएको परालमा आगलागी भएको हो । स्थानीयवाशी, प्रहरी र गौरादहको बारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पुर्ण रुपमा नष्ट भएको छ ।
आगो नियन्त्रण गर्न झन्डै एक घण्टा समय लागेको थियो । चुरोटको ठूटाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्