कमल/ नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र सहकारी समन्वय समिति कमल ५ को संयुक्त आयोजनामा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ । कमल ५ मंगलवारेस्थित रेडक्रसको आफनै कार्यालयमा आयोजना गरिएको आखाँ शिविरमा २७५ जनाको आखाँ परीक्षण गरिएको थियो ।
आखाँ शिविर विर्तामोडस्थित मेची आखाँ अस्पतालको प्राविधिक सहयोगमा भएको थियो । शिविरमा २७५मध्ये १५ जना मोतियाविन्दु देखिएको थियो । शिविरमा फेला परेका मोतियाििवन्दु रोगीहरुको निशुल्क उपचार गरिने गरि आजनै अस्पताल लगिएको आयोजक नेरेसो उपशाखाका सचिव पारषमणि राईले बताएका छन् । रेडक्रसले सामाजिक उत्तरदायिका रुपमा बर्षेनी विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको छ ।
उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा सम्पन्न शिविरमा रेडक्रसका आजीवन सदस्यहरु तथा सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।