उर्लाबारी/ मोरङको केराबारी गाउँपालिका–९ भलुवाईमा एकै परिवारका आमा छोरी दुई जनामाथी खुकुरी प्रहार गरि पेस्तोल समेत तेस्र्याएका लेटाङका निरकुमार राई पक्राउ परेका छन ।
पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका–१ का ५२ बर्षिय राईलाई प्रहरीले बिहिबार (आज) पक्राउ गरेको हो । आज बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुनादेबि राई र उनकी २५ वर्षिया छोरी रेनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएका उनले पेस्तोल समेत देखाएको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको अवस्थामा मेड इन इटली लेखेको अटो पेस्तोल , मेड इन चाइना लेखेको नक्कली पेस्तोल एकथान र खुकुरी सहित पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगरस्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धन अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

Facebook Comments Box