गौरीगञ्ज/ गौरीगञ्ज गाउँपालिका वडा नंं. ६ स्थित खजुरगाछीमा रहेको श्री वैजेश्वरनाथ शिवालय मन्दिरमा श्री महन्त कोटेश्वर गिरीको मुर्ति स्थापना गरिएको छ ।
श्री पञ्चमीको अवसर पारेर बुधबार श्री महन्त गिरीको मुर्तिसहित रथयात्रा निकालिएको थियो र रथयात्राले गौरीगञ्ज चोक परिक्रमा गरेको थियो ।
रथयात्रामा दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भट्टराई प्रसाइँ, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, गौरीगञ्ज ३ का वडाध्यक्ष श्रवण गिरीसहित सयौं भक्तजन तथा स्थानियहरु सहभागी थिए । बजार परिक्रम पश्चात सनातन धार्मिक विधि अनुसार पूजाआजा गरी मुर्ति स्थापन गरिएको हो ।

 


मन्दिरका महन्त श्री हेमानन्द गिरीले शिवालय मन्दिरलाई स्थानिय धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न र थप पहिचान दिलाउन महन्त श्री कोटेश्वर गिरीको मुर्ति स्थापना गरिएको बताइन् ।
मन्दिरमा योसंगै भगवान श्री शिवजी र हनुमानको मुर्ति पनि निर्माण गरेने महन्त गिरीले बताइन् ।
वि.सं. २०१६ साल फागुन १४ गते शिवरात्रीको दिनमा सिद्वगुरु श्री १०८ श्री महन्त वैजेश्वरनाथ गिरीको नाममा श्री महन्त कोटेश्वर गिरीले मन्दिरको निर्माण गरेका थिए ।
गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ कोरोबारीमा २७ विघा धानखेत र हाल मन्दिर रहेको करिब १८ कठ्ठा जग्गा रहेको छ ।
शिवालय मन्दिरको पूर्व पट्टी छट घाटको व्यवस्थापन तथा निर्माण गर्न प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । प्रदेश र संघीय सरकारले पुरानो तथा धार्मिक आस्थाका केन्द्रको रुपमा रहेका्े वैजेश्वरनाथ मन्दिरलाई रमणीय धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न ध्यान दिनुपर्ने आवश्यक रहेको अध्यक्ष राजवंशीले बताइन् ।

Facebook Comments Box