दमक/ दमक ५ स्थित मेची आवासीय माविमा श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर बर्षेनी गरिँदै आएको सरस्वती पूजा विशेष कार्यक्रम सञ्चालन गरिएको छ । बिद्यालय परिसरमा मेची बाल क्लबको व्यवस्थापन र बिद्यालयको संरक्षकत्वमा पूजाआजासहित बिद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुलाई प्रसाद वितरण गरिएको हो । बिद्यालयले अक्षरारम्भको दिनका रुपमा लिँदै कक्षा नर्सरीमा आज भर्ना हुन आएका बिद्यार्थीहरुलाई निशुल्क भर्नाको कार्यक्रम समेत सञ्चालन गरिएको बिद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेलले जानकारी दिए ।

Facebook Comments Box