अपहरण गरेर फिरौती लिन आएका दुई जना पक्राउ

Author Nishkarsha News
२०८० माघ २६, शुक्रबार १८:५२

नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर सात लाख रुपैयाँ फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गएको सोमवार राति बिरामी लिन काहुलेमा रहेको घरबाट ककनी जाने क्रममा सूर्यबहादुर अपहरणमा पर्नुभएको थियो । घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्