दमक/ झापाको कमल ४ स्थित भित्री सडक खण्डमा दक्षिणबाट भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिहीबार राती करिब ९ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ प १८१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका सुरेश राईको मृत्यु भएको हो । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा गम्भिर घाईते ४८ बर्षिय राईको उपचारका क्रममा रातीनै बिएण्डसी हस्पिटल विर्तामोडमा मृत्यु भएको हो ।