दमक/दमक ५ स्थित मंगलदिप मार्गमा न्यू अन्नपूर्ण होटल तथा रेष्टुरेँन्ट सञ्चालनमा आएको छ ।

सोहि ठाउँमा यस अघि बराही होटल एण्ड लज सञ्चालन गर्दै आएका स्थानीय युवा व्यवसायी तथा मजदुर नेता दिपक फुँयालले सो रेष्टुरेँन्ट सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेँन्टको मंगलबार होटल व्यवसायी संघ माईपश्चीम क्षेत्रीय समितिका अध्यक्ष राजेन्द्र दंगालले उद्घाटन गरे ।

सो अवसरमा अध्यक्ष दंगाल र दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्य समिति सदस्य असिम राईले शुभकामना मन्तव्य राखेका थिए । सो रेष्टुरेँन्टमा फीस मःमः, हाँस, खसी र कुखुराको मासुबाट बनाइएका परिकारसंगै चिसो पेय पदार्थहरु उपलब्ध गराइने सञ्चालक फुँयालले बताए । होटल व्यवसायी संघका सदस्य समेत रहेका फुयाँलले ग्राहक तथा उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै परिष्कृत रुपमा सो रेष्टुरेँन्ट सञ्चालनमा ल्याइएको बताए ।

Facebook Comments Box