दमक/ ईलाम, धनकुटा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो फिदिम नगरपालिका–५ का ६२ बर्षीय याम बहादुर तुम्बापोलाई सुर्याेदय नगरपालिका–२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका–१ बाट धरान–१४ का २५ बर्षीय सुजन थापा र धरान–६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी चक्कीसहित पक्राउ गरेको हो ।
यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका–१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box