कमल / झापाको कमल ६ स्थित  लखनपुर  प्रादेशिक आयुर्वेद अस्पतालको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निरिक्षण गरेका छन ।

शनिबार सो अस्पतालमा पुगेका मुख्यमन्त्री कार्कीलाई अस्पतालका मेसु डा. सिद्धार्थ ठाकुरले अस्पतालको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले आयुर्वेद चिकित्सा पद्धतीको आवश्यकता महसुस भएरनै राज्यले यस किसिमको आयुर्वेद अस्पतालको अवधारणा सारेर सञ्चालन गरेको बताउँदै यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न निर्देशन दिए ।
उनले अस्पताल आसपास क्षेत्रमै आयुर्वेद जडिबुटीको खेती, औषधी उत्पादन लगायतका स्थानीयलाई रोजगारको अवसर समेत सिर्जना हुने किसिमको कार्ययोजना ल्याउन पनि निर्देशन दिए । त्यस किसिमका योजनामा प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने पनि मुख्यमन्त्री कार्कीको भनाई थियो ।


आयुर्वेद अस्पताल स्थापनामा महत्वपूर्ण योगदान दिएका जग्गादाता मणिकुमार भण्डारीले राज्यको झण्डै अर्ब रुपैयाँको लगानी पुगेको यो अस्पतालको सेवा प्रभावकारी रुपमा अघि बढाउन राज्यले थप जनशक्ति प्रदान गर्नु पर्ने बताए । पहिलाको तुलनामा डा. ठाकुर यहाँ आएदेखि धेरै राम्रो सेवा प्रवाह भएको पाइरहेका छौं तर यसको निरन्तरता र थप बिरामीहरुको उपचारका लागि आवश्यक औषधि र जनशक्तीमा सरकारको ध्यान जानुपर्छ–जग्गादाता भण्डारीले भने । सो अस्पतालले पञ्चकर्म, ल्याब, सिरोधारा, अप्रेशन लगायतका सेवा दिँदै आएको छ ।
दुई बर्ष अघिदेखि सञ्चालनमा आएको सो आयुर्वेद अस्पतालले भौतिक संरचना पर्याप्त भएपनि आवश्यक जनशक्ति र औषधीको अभाव झेलिरहेको छ ।

Facebook Comments Box