दमक/ दमकमा शुक्रबार बिद्यालय स्वास्थ्य तथा पोषणका लागि क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सहजकर्ता विनोद खनाल र स्वास्थ्य शाखाकी निरिक्षक देविका न्यौपानेले सहजीकरण गरेका छन । नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख उपस्थितीमा भएको उदघाटन कार्यक्रममा नगरमा रहेका सामुदायिक र निजी तथा संस्थागत बिद्यालयका महिला शिक्षक, बिद्यालय नर्सहरु, वडास्थित स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता थियो ।
सो अवसरमा नगर उपप्रमुख भट्टराईले नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकार सबै नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताइन । उनले व्यक्ति स्वयं आफनो स्वास्थ्यप्रति आफैं सजग हुनुपर्नेमा जोड दिइन ।
किशोरीहरुको स्वास्थ्य अवस्था, उनीहरुको प्रजनन क्षमताको बिकासको अवधि समेत बिद्यालय उमेरबाटनै शुरु हुने भएकाले यो कार्यक्रमले सकारात्मक योगदान दिनेमा आफू विश्वस्त रहेको औंल्याइन । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले यस किसिमका कार्यक्रम महत्वपूर्ण हुने बताए । नगरपालिकाका शिक्षा अधिकृत सोमनाथ गुरागाइँले स्वास्थ्य र शिक्षासँग जोडिएको यस किसिमका कार्यक्रममा व्यापक सहभागिता हुनुपर्नेमा जोड दिए ।

Facebook Comments Box