गौरीगञ्ज / झापाको गौरीगञ्ज ६ गौरीयाडाँगीस्थित श्री राष्ट्रिय आधारभुत बिद्यालयका ४० जना बालबालिकालाई सौन्दर्यकला व्यवसायी संघ दमक झापाले न्यानो स्वीटर वितरण गरेको छ ।
संघका जिल्ला पदाधिकारीहरुसहितको टोलीले आज शुक्रबार बिद्यालयमै पुगेर ति बालबालिकालाई जाडो छल्न सहयोग पुग्ने न्यानो स्वीटर वितरण गरेको संघकी झापा जिल्ला सदस्य गोमा नेपालले जानकारी दिइन ।
उनका अनुसार बिद्यार्थीहरुलाई त्यहाँ न्यानो स्वीटर प्रदान गर्नुका साथै बिद्यार्थीको केश काटने कार्यक्रम समेत सञ्चालन गरिएको थियो । बिद्यार्थीहरुले जाडोका कारण बिद्यालय आउन कठिनाई भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै त्यस किसिमको सहयोग प्रदान गरिएको नेपालले बताइन । सो अवसरमा बिद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय सामाजिक , शैक्षिक तथा व्यवसायी नेतृत्वहरुको उपस्थिती रहेको थियो ।

