झापा/  अर्जुनधारा- ६ मा एकसाता अघि एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका ८ का चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको हो । गत आइतबार राती इलामको माई नगरपालिका १ घर भई बिर्तामोडमा अस्थाई बसोवास गर्दै आएकी ५० बर्षिया माया पुलामी मगरको हत्या भएको अवस्थामा शब फेला परेको थियो । हत्यापछि प्रहरीले गरेको अनुसंधानका क्रममा प्रसाईं पक्राउ परेक हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर तथा प्रहरीका हरेक सूचना संयन्त्र प्रयोग गरेको जनाएको छ । अभियुक्तमाथि ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रसाईं र मगरबीच केही समय यता शारीरिक सम्बन्ध हुँदै आएको पाईएको छ । शारीरिक सम्बन्धपछि प्रसाईले बिवाह गरौ भनेर प्रस्ताव राख्दा मगरले अस्विकार गरेपछि बिवाद उत्पन्न भएको थियो ।  बिवादका क्रममा मगरले प्रसाईको आँखा घोचिदिएको र रिसको आवेशमा मगरले नजिकैबाट ढुङ्गा टिपेर हान्दा मगरको घटनास्थलमै मृत्यु भएको अभियुक्तले बयान दिएका प्रहरीले जनाएको छ ।

Facebook Comments Box