विराटनगर/ मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । हिजो बेलुका साढे ४ बजे विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागुऔषध ब्राउन सुगर ०.५७ ग्राम सहित पक्राउ गरिएको थियो भने हिजै राती ८ बजे झापाको दमक नगरपालिका ८ स्थित सब्जीलाईनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई लागुऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको छ ।