दमक/ प्रधानमन्त्री केपी शर्मा ओली १६ असोजमा झापा आउने कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली नेपाल चीन मैत्री औद्योगीक पार्क शिलन्यास सहित अन्य कार्यक्रमका लागि झापा आउने पूर्व तयारी भएपनि मौसम प्रतिकुलताका कारण ३ दिन अघि आईतबारनै कार्यक्रम स्थगित गरिएका हुन् ।

प्रधानमन्त्रीका सचिवालय सदस्य होम बहादुर थापाका अनुसार केहिदिन यता परेको अविरल बर्षा झरीका कारण प्रम ओलीको कार्यक्रम स्थगित भएको हो । खराव मौसामले गर्दा घोषित कार्यक्रम सवै हालका लागि स्थगित भएको उनले बताए । प्रम ओलीको समय अनुकुल मिलाएर छिटटै स्थगित भएका सवै कार्यक्रम तय गरिने समेत उनले वताएका छन् ।

Facebook Comments Box