दमक/झापाको कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक सुब्बा (आङदेम्बे)लाई पितृशोक परेको छ । सुब्बाका पिता कमल २ क्याम्पा निवासी प्रेम बहादुर आङदेम्बेको ८२ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय आङदेम्बेकी धर्मपत्नी, तीन छोराहरु गजेन्द्र , शेरबहादुर र अशोक छन भने ६ जना छोरी रहेका छन ।
पाँचथरको साबिक आङ्सराङ–७ हाल फाल्गुनन्द–७ मा जन्मिएका स्वर्गीय आङदेम्बे जीवन यापनको क्रममा झापाको कमल गाउँपालिका –२ क्याम्पामा बस्दै आएका थिए । उनको परम्परा अनुसार आजै मध्यान्ह १२ बजे अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।