दमक / झापा दमकको व्यस्त बजारमा अपररिचित दुई जनाले एक जना बृद्धाको साथबाट एक तोला बढी तौल भएका सुनका गरगहना लुटेर फरार भएका छन ।
आज बुधबार दिउँसो नगरपालिका रोडमा पर्ने एडभान्स हस्पिटल अगाडीबाट दमक ३ की ६७ वर्षीय नैनकला बिश्वकर्माको १ तोला २ आनाको सुनको सिक्री र मारवाडी ठगी गरेर दुईजना फरार भएका हुन ।
अन्दाजी ३५/४० बर्षको उमेर देखिने ति युवाले फलाममा जलप लगाएर सुन जस्तो देखाइ विश्वकर्मालाई केही समयका लागि तपाईको सुन दिनु र हाम्रो यो सुन बिक्री गरि गरिदिए बापत केही पैसा पनि दिउँला भनी सुनको सिक्री र गलामा लगाएको मारवाडी लुटेर फरार भएका नैनकलाकी छोरी मीनाले बताएकी छिन । घटनाका बिषयमा इलाका प्रहरी कार्यालय दमकमा जानकारीसहित निवेदन दिइएको पीडित परिवारले जनाएको छ ।

Facebook Comments Box