झापा/  दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई मातृशोक परेको छ । प्रजापतिसहितकी आमा लक्ष्मीदेवी सापकोटाको आज बुधबार बिहान ९ बजे निवासमानै निधन भएको हो । उनको आजै दिउँसो १ बजे कन्काई माईमा दाहसंस्कार गरिने नाती टिका सापकोटाले जानकारी दिए ।
स्वर्गीय लक्ष्मीदेवीका चार छोराहरु भिमप्रसाद, प्रजापति, तुल्सीराम र मेदनी सापकोटा छन । छोरीहरु तीन जना मध्ये बिष्णु रिजाल र तुलसी सुवेदी छन । एक छोरी हरिमायाको यसअघिनै निधन भइसकेको बताइएको छ ।

 

Facebook Comments Box