दमक/ नेकपा एमाले सम्बद्ध अनेमसंघ दमक ९ को वडा अधिवेशन सम्मान र वनभोजसहित सम्पन्न भएको छ । संघकी वडा कमिटी अध्यक्ष निर्मला ओझा उप्रेतीको अध्यक्षतामा सम्पन्न वडा अधिवेशनले प्रेमकुमारी ओझाको अध्यक्षतामा २९ सदस्यीय नयाँ वडा कमिटी चयन गरेको जनाइएको छ ।
पर्यटकीयस्थल चपेटीमा बुधबार सम्पन्न सो अधिवेशनको पार्टी केन्द्रिय सदस्य एवं अनेमसंघकी केन्द्रिय सचिव मेनुका काफलेले उदघाटन गरेकी थिइन ।
सो अवसरमा प्रमुख अतिथी काफले र अनेमसंघ झापाकी जिल्ला सचिव लिला ढुंगेल दाहालले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा अनेमसंघ वडा कमिटीकी पूर्व अध्यक्ष दुर्गा काफ्लेसहित अग्रज नेतृत्वहरु ६ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पार्टी तथा जनवर्गीय संगठनका विभिन्न तहका नेता, कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको थियो भने वडास्थित अनेमसंघका कार्यकर्ताहरु सहभागी थिए ।