दमक/ वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। । पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भई हाल काठमाडौं–१५ स्वयम्भु बस्ने वर्ष ३० की मायादेवी राना रहेकी छन ।
मायाले दिपकराज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । पीडितहरूबाट पटकपटक गरी ४३ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।