कमल/ झापाको कमल ७ रङपुरका तामाङ दम्पत्तीलाई हिजोआज भोक निन्द्राले छोडेको छ । छाेरीलाई ऋण गरेर फार्मेसी पढाइरहनु भएका तामाङ दम्पतीकि २१ वर्षीया छाेरी माया तामाङकाे पढाइ नसकिदै दुबै मिर्गौला काम नलाग्ने भएपछि वीर्खबहादुर र विष्णुमायाकाे भोक निन्द्रा टुटेको हो । कमजोर आर्थिक अवस्थाका वीर्खबहादुर र विष्णुमायाकी एक्ली छाेरी हुन् माया । ३ छाेराहरूका बुबा वीर्खबहादुरले भन्नुभयो – सातामा दुई पटक डायाेलाेसिस गर्नुपर्छ ।
खेतीपातीकाे आम्दानीले दुई छाक जाउलाे जुटाउनै गाह्राे छ । छाेरीलाई फार्मेसी पढाएर ओैषधि पसल खाेल्ने सपना थियोे ,तामाङ दम्पतिकाे । तर, जसप्रति उहाँहरूकाे आड भराेसा थियोे ,उनै माया बिरामी भएर थलिएपछि यतिबेला तामाङ दम्पतीकाे हाेस हवास उडेको छ । काम गर्न हात लाग्दैन , शरिरमा कुनै उर्जा छैन्, वीर्खबहादुरले भन्नुभयो – हाम्राे आशाको भराेसा छाेरी मायालाई बचाउन सहयाेग गरिदिन आग्रह गर्छु ।
तामाङ दम्पतीका तीन छाेरा मध्ये एक जना क्यान्सर पीडित हुनुहुन्छ । दुई जना आफनो गुजारा चलाउनैका लागि भारततिर भासिएका छन । घरमा कमाउने काेही नभए पछि दुई छाेरा सम्भावनाकाे खाेजिमा भारत पसेका हुन् । घरमा भएकि भाउजुकाे सहारा लिएर माया उपचारका लागि निस्किन्छिन ।
सम्पत्तिको नाममा टाउको लुकाउने सानाे घर बाहेक केही छैन्,उहाँहरूको । कमाउने काेही नभएको घरमा एकपछि अर्को सन्तानलाई राेगले छाेप्दा समस्या हुने नै भयो ।अझ अत्यन्तै कमजोर आर्थिक अवस्था भएकोले तामाङ दम्पती यतिबेला छाेरीकाे उपचारका लागि गुहार मागिरहेको छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई तामाङ परिवारको जिविकोपार्जनका लागि एक मात्रै आशा र भरोसा योग्य बनाउन खोजिएका छोरी मिर्गौला खराब भएपछि नसोचेको समस्यामा परेको बताउँछन । उनले सक्षम जनशक्तिको रुपमा उभिने बेलामा छोरीको यो स्वास्थ्य अवस्थाले धेरै चिन्तित बनाएको बताए । उनको मिर्गौला डायलोसिससँगै दैनिक जिवन गुजारामा सहयोग गर्न आवश्यक सहयोगका लागि परिवारले अपिल गरेको छ ।