घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको मृत्यु

Author Nishkarsha News
२०८० पुष २९, आईतवार १०:४२

सप्तरी/ सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे ।

लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्