दमक/ बढ्दो लागुऔषधको प्रयोग र सामाजिक कुरिती विरुद्ध समाजमा सचेतना बभिबृद्धी गरि सामाजिक अपराधका घटनालाई न्यूनिकरण र नियन्त्रण गर्ने उदेश्य्ले झापाको दमक १० मा वडास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । दमक १० को सिङ्हदेबी देवस्थलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । दमकमा यहि पुस १६ गते देखी शुरुगरिएको अभियानको कोशी प्रदेशका मूख्यमन्त्री केदार कार्कीले उद्धघाटन गरेका थिए । दमका १० वटै वडामा संचालन गरिएको अभियानको अन्तिम कार्यक्रम स्वरुप आज १० नम्बरमा गरिएको हो ।

दमकमा बढ्दो लागुऔषध प्रयोगकर्ताहरुको पहिचान गरि सामाजिक पुनस्थापनाका लागि विपन्न परिवारका व्याक्तिहरुलाई उपचार गराउने र पाँच वर्षमा लागुऔषध मुक्त तथा स्वास्थ्य युवामैत्री नगर बनाउने लक्ष्यसहित अभिायन थालिएको मेयर राम थापाले जानकारी दिए । गरिएको थियो । कार्यक्रममा सहभागिहरुले स्थानिय सरकार्ले शुरुगरेको सामाजिक अपराधका घटना न्यूनीकरण अभियानलाई नागरिक स्तरबाट सक्दो सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।दमक १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाई,नगरस्तरीय सामाजिक बिकाश समिती संयोजक शारदा भट्टराई इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामा लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन दमक नगरपालिका सामाजिक शाखा प्रमुख केशब प्रसाईंले गरेका थिए ।

 

Facebook Comments Box