दमक/  झापाको कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक बिद्यालयले ५२ औं बार्षिक उत्सब तथा अभिभावक दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा बिहिबार भएको रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताबाट ३५ प्रिट रगत संकलन गरिएको थियो ।
कार्यक्रममा १० महिलासहित कूल ३५ जनाले रगतदान गरेका बिद्यालयका पूर्व प्रधानाध्यापक शिक्षक ओम खनालले जानकारी दिए ।
सो अवसरमा बिद्यालका शिक्षक ओमप्रकाश गौतमले ४५ ओ पटक रक्तदान गरेका थिए । बिद्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेले बिगत बर्षदेखि बिद्यालयको बार्षिक उत्सबको अवसरमा गरिदै आएको रक्तदान कार्यक्रमलाई दिइर्दै आएको बताए ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाको अध्यक्षतामा भएको थियो भने बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु,शिक्षक शिक्षिकाहरु,युवा रेडक्रस सर्कलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments Box