दमक/ वन पैदावर हानी नोक्सानी मुद्धामा झापा दमक ३ का ३१ बर्षिय कुमार भनिने देउकुमार सुब्बा कारागार चलान भएका छन ।
सुब्बाई झापा जिल्ला अदालतले गत बैशाख १६ गते १५ दिन कैद र ७ हजार ८ सय ५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि फरार रहेका सुब्बालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी आज (बुधबार) झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । उनलाई अदालतले कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी चोरी मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना गर्नु पर्ने फैसला भई फरार रहेका पाँचथर साबिक सुभाङ गा.वि.स.वडा नं.३ हाल हिलिहाङ गाउँपालिका वडा नं. ५ भई झापा बुद्धशान्ति गाउँपालिका वडा नं.२ मा बस्दै आएका २१ बर्षिय सुमन रणपहेली पनि आजनै कारागार चलान भएका छन ।

 

Facebook Comments Box