दमक/ १९ वर्षीय आफनै छोरा जीवन राईको हत्या गरेको अभियोगमा इलाममा एक जना बाबु पक्राउ परेका छन ।
माई नगरपालिका–६ बिहिबारेका ३६ वर्षीय दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महमाईबाट खटिएको प्रहरी टोलीले दिलकुमारलाई पक्राउ गरेको हो । घटना बिषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।