काठमाण्डाै/ कर छलीको ४७ किलो चाँदीसहित काठमाण्डौका विभिन्न ठाउँबाट तीन जना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहनासहित बाराको कलैयाका कामेश्वर साह, पर्साको वीरगञ्जका सुमनकुमार सर्राफ र बाराको विश्रामपुरका मनिस सर्राफलाई पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा राजस्व छलेर बिल–बिजक विना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका तीन जनालाई राजस्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Facebook Comments Box