दमकमा आदिवासी जनजाती महिलाको नेतृत्व चयन

Author Nishkarsha News
२०८० पुष २२, आईतवार २२:००

दमक/  राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । महासंघको आइतबार सम्पन्न चौथो अधिवेशनले मिना गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

नगर समितिको उपाध्यक्षमा अमला चाम्लिङ राई, सचिवमा शान्ता तामाङ र कोषाध्यक्षमा बिष्णुमाया चेम्जोङ चुनिएका छन । त्यसैगरी सदस्यहरुमा सीतादेवी कुमाल, सुशीला माझी र राजकुमारी राजवंशी चुनिएका जनाइएको छ ।

आइतबार आदिवासी जनजाती महासंघ नगर समन्वय समिति र राष्ट्रिय आदिवासी जनजाती महासंघ दमक नगरको चौथो अधिवेशनको नगर प्रमुख रामकुमार थापाले उदघाटन गरेका थिए । अधिवेशनको उदघाटन कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, आदिवासी जनजाती नेताहरुले शुभकामना दिएका थिए । उदघाटनको अवसर पारेर आदिवासी जनजाती महासंघ दमकका पूर्व अध्यक्षहरु धिरेन लावती, मोहन धिमाल, बासुदेव राई लगायतलाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रम महासंघका दमक नगर अध्यक्ष गुमानसिंह तामाङको सभापतित्व र सचिव मणिराज धिमालको सञ्चालनमा भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्