दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी दमक ५ को पहिलो वडा अधिवेशनले विनोद अधिकारीको सभापतित्वमा वडा समिति चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले पार्टीको वडा सभापतिमा अधिकारीलाई र सचिवमा चिन्तामणी खरेललाई चयन गरेको हो । त्यसैगरी अधिवेशनले सदस्यहरुमा शान्ता तामाङ, रेनुका पोखरेल, लक्ष्मीप्रसाद फुयाँल, मोहन बस्नेत, धिरज न्यौपाने र सुदेश बस्नेतलाई चयन गरेको छ । त्यसैगरी सो पार्टीको वडा सल्लाहकारमा नृपबहादुर बस्नेत चयन भएका जनाइएको छ ।

 

Facebook Comments Box