दमक/ धिमाल जाती बिकास केन्द्र अन्तर्गतको भातृ संस्था धिमाल महिला संघको छैठौं राष्ट्रिय अधिवेशन शनिबार सम्पन्न भएको छ ।

उर्लाबारीको मंगलबारेमा पम्फा धिमालको अध्यक्षता र केन्द्रका अध्यक्ष लोकबहादुर धिमालको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनले मिना धिमाल (ईटहरी)को अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्धयमा रविना धिमाल (अठ्याबारी) र जागिनि धिमाल (डाकिनि) महासचिवमा रिना धिमाल (तिलाईझार) सचिवत्रयमा मनिता धिमाल (ठुलो अर्नाखाडी) र अनुसा धिमाल (खाईबा टोल) र उमा धिमाल (ठुलो अर्नाखाडी) चुनिएका छन ।

कोषाध्यक्षमा चन्द्रमाया धिमाल (पथरी) र सदस्यहरुमा बबि धिमाल (सेतुमारी), सरिता धिमाल (जनघाटा), सुनिता धिमाल (कारिकोशी), शर्मिला धिमाल (सेतुमारी), दिलकुमारी धिमाल (जम्मुझार), लिला धिमाल (ताराबारी), अप्सरा धिमाल (डाँडागाउँ), कल्पना धिमाल (चरकपाडा), शोभा धिमाल (उर्लाबारी) र मन्दिरा धिमाल (भुसी) रहेका छन । थप तीन सदस्य मनोनित गरी कार्यसमिति २१ सदस्यीय बनाइने जनाइएको छ ।

 

Facebook Comments Box