काठमाण्डाै/ महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।

भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो ।

उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ मागेका थिए । तर पीडितहरूबाट पटक पटक गरी छ लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।

विदेशमा आकर्षक तलब पाइन्छ भन्ने लोभमा गैरकानुनी तरिकाले कसैलाई पनि पैसा नदिन प्रहरीले आग्रह गरेको छ ।

-उज्यालो अनलाइनबाट

Facebook Comments Box