दमक/ झापाको दमक १० मा संचालित योग साधना शिविरलाई वडा कार्यालयले आवश्यक सामाग्री प्रदान गरेको छ ।

सो सामाग्रे १० नम्बर वडाका वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले आज एक कार्यक्रमका बिच योग साधना समिती दमक १० का संयोजक अम्बिका प्रसाद खनाललाई हस्तान्तरण गरेका छन । महिला पतन्जली योग समिती झापाकी अध्यक्ष प्रेमकला निरौलाको प्रमुख उपस्थितीमा योग ध्यान शिविरका लागि वडाध्यक्ष्य राजेन्द्र भण्डारीसहित जनप्रतिनिधि र कर्मचारीहरुले आवश्यक म्याट हस्तान्तरण गरेका हुन् ।

दमक १०को इन्द्रेणी ताल नजिकैको राधा कृष्ण मन्दिर परिसरको सामुदायिक भवनमा यहि पुस १ गतेबाट स्थानीय ईन्देणी क्लवको आयोजना योग ध्यान साधना शिविर सन्चालन हुँदै आएको समितिका सदस्य सचिव पदम प्रसाद न्यौपाने (पिताम्बर)ले जानकारी दिए । शिविरमा १० ननम्बर वडाका ५० बढी स्थानीयवासीको प्रत्यक्ष सहभागिता रहदै आएको आयोजकले जनाएको छ ।

Facebook Comments Box