काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी जनमत पार्टीकी प्रभावशाली नेतृसमेत हुन ।
सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।
मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्। । प्रहरीले सो पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहसहित ६३ जनालाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ ।

 

Facebook Comments Box