दमक/ झापाको दमकमा बसोबास गर्दै आएका न्यौपाने बन्धुहरुको सामुहिक (उधौली) गोठपुजा तथा बन्धु भेला आज सम्पन्न भएको छ । झापाको दमक १० स्थित न्यौपाने बन्धु समाजका जग्गादाता खडग प्रसाद न्यौपानेको घर गोठमा सामुहिक गोठपुजा तथा बन्धु भेला सम्पान्न भएको हो ।न्यौपाने बन्धु समाज नेपालका केन्द्रिय परिषद सदस्य डम्बरुबल्लभ न्यौपाने, समाजका झापा जिल्ला अध्यक्ष गोबिन्दराज न्यौपाने, नगर अध्यक्ष बाबुराम न्यौपानेको बिशेश उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । न्यौपाने बन्धु समाज नगर समिती दमकको आयोजना तथा १० नम्बर वडा समितिको सम्योजनमा कार्यक्रम सम्पन्न भएको हो ।

दमकमा बसोबास गर्दै आएका न्यौपाने बन्धुहरुले गत बर्षको उभौलीदेखी १० नम्बर वडामा सामुहिक पुजा गरिआएको समाजका नगर अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिनुभयो । सामुहिक गोठपुजामा दामक लगायका आसपासक्षेत्रका न्यौपाने बन्धुहरुको उल्लेख्य उपस्थीती रहेको स्थानीय नगेन्द्र मणि न्यौपानेले जानकारी दिनुभयो।

Facebook Comments Box