पिकनिक बस दुर्घटना

Author Nishkarsha News
२०८० पुष १५, आईतवार ११:२८

दाङ/ दाङमा पिकनिकका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ।

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण –३ स्थित थारु संग्रहालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत झञ्ज्याङ नजिकै दुर्घटनामा परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए।

तीमध्ये तीन जना गम्भीर भएको उनले बताए। बसमा करिब ४० जना सवार रहेको उनले बताए।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्