दमक/ इलामको माङसेवुङ गाउँपालिका वडा न. ४ घर भई हाल दमक नगरपालिका २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरि आफनै श्रीमतीको हत्या गरेका छन । धनबहादुरले शनिवार दिउँँसो २ वजे आफनै ६० बर्षिया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेका छन् ।
दमक २ को मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका ६० बर्षिय धनबहादुरले घरायसी झगडा हुदाँ खुकुरी प्रहार गरि श्रीमती इन्द्रकुमारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हत्यामा संलग्न धनबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
घरायसी झगडा हुदाँ धनबहादुरले श्रीमतीको टाउको,शरीर भरि प्रहार गर्दा निजको घटनास्थलमा मृत्युभएको थियो ।
विश्वकर्मा दम्पत्ती आफन्तको घरमा डेरा लिएर जनमन गरि जिविकोपार्जन गरिआएका थिए । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रनाउ रिजालले बताए ।