दमक/ घरबाट ट्युशन पढन भनेर हिंडेकी तेह्रथुमकी एक बालिका चार दिनदेखि सम्पर्कबिहिन भएकी छिन । घरबाट ट्युसन पढ्न हिँडेकी कक्षा १० मा अध्ययनरत १४ वर्षीया बालिका सम्पर्कविहीन भएकी हुन् । फेदाप गाउँपालिका–३ बस्ने कक्षा १० मा अध्ययनरत १४ वर्षीया करुणा ठटाल सम्पर्कबिहिन भएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन ।
बालिकाका बुबा बेनकुमार ठटालकाअनुसार करुणा पुस ९ गते बिहानैदेखि घरबाट ट्युसन पढ्न गएकी उनी सम्पर्कविहीन भएकी हुन् । करुणा ट्युसन पढ्न बिहानै गएपनि घर नफर्केको उनले बताए । पुस ९ गतेनै जिल्ला प्रहरी कार्यालय तेह्रथुममा परिवारले निवेदन दिए पनि अझै सम्म पत्तो लाग्न सकेको छैन ।
उनले रातो कुर्ता सुरुवाल लगाएकी छन् भने कालो झोला बोकेकी थिइन् । करुणाको अवस्था बारे जानकारी भएमा बेनकुमार ठटालको फोन नम्बर ९८४२३१३३२०६ वा भीम दमाईको नम्बर ९८४२७७४२४३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।