रोजगार अनुमति प्रणाली -ईपीएस अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको हो ।
उक्त सूचनामा अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो । शाखाको उक्त सूचनाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका १८ जना आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए ।
निवेदनमा उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकलाई फाराम भर्न रोक नलगाउनु र आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालतमा निवेदन दिनेलाई पुस १३ गते आवेदन फाराम भर्नका लागि ईपीएस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।