दमक/ घृतकौशिक गोत्रिय प्रतिष्ठान माईधाम झापाको आयोजनामा भएको श्रीमद् भागवत महापुराण तथा बन्धु मिलन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ ।
यही पौष ४ गते बाट शुरु भएको महापुराण तथा बन्धु मिलन कार्यक्रम पौष१० गते धान्य पुर्णिमाको दिन गोठ पुजा सहित समापन गरिएको छ ।
पण्डित धनश्याम खनाल र हेमसागर खनालबाट कथा वाचन भएको महापुराणको समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालले महापुराण तथा बन्धु मिलन कार्यक्रम उपलब्धिमुलक बन्न सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा घृतकौशिक गोत्रिय प्रतिष्ठानका पुर्व अध्यक्ष बेदनिधि नेपाल,खनाल सेवा समिति झापाका अध्यक्ष तेज प्रसाद खनाल, बराल बंश प्रतिष्ठान कन्काई नगर अध्यक्ष खगेन्द्र प्रसाद बराल,सुतार कार्की बंश प्रतिष्ठान भद्रपुरका पुर्व अध्यक्ष पहलमान सुतार कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा खनाल सेवा समिति झापाका सचिव ओम प्रसाद खनाल,घृतकौशिक गोत्रिय प्रतिष्ठानका उपाध्यक्ष भिम प्रसाद नेपाल , सदस्यहरु खेमराज खनाल, भास्कर नेपाल, खनाल सेवा समिति झापाका सदस्यहरु जीवन खनाल, गोविन्द खनाल, टंकनाथ खनाल, हरिमाया खनाल लगायत सयौं संख्यामा खनाल, नेपाल, बराल र सुतार कार्कीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम घृतकौशिक गोत्रिय प्रतिष्ठानका अध्यक्ष चन्द्र प्रसाद खनालको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रतिष्ठानका महासचिव योगराज खनालले गरेका थिए ।