ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– १ त्रिवेणी बनबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् । बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सो बनबाट भरुवा बन्दुक– २ नाल, भरुवा बन्दुकमा प्रयोगहुने विभिन्न सामाग्रीहरु, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान, मारेको कालिज– १ वटा र मोबाईल १ थानसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखेर थप अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box