दमक/तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकतापछि बनेको समाजवादी पार्टी नेपालको झापा जिल्ला नेतृत्व चयन गरिएको छ ।
दुवै पार्टीबीचको समायोजनपछि बनेको समाजवादी पार्टी झापाको अध्यक्षमा युवा नेता दिपेनवाला राई रहेका छन् ।
मंगलबार विर्तामोडमा पार्टीका वरिष्ठ नेता अशोक राई, केन्द्रिय उपाध्यक्ष युवराज कार्की, उपमहासचिव डम्बर खतिवडा लगायतका केन्द्रिय नेताहरुको उपस्थितीमा भएको समायोजन घोषणा कार्यक्रममार्फत राईको नेतृत्वमा जिल्ला समिति समायोजन गरिएको हो ।
जिल्ला समितिको उपाध्यक्षत्रयमा दिलबहादुर श्रेष्ठ, संगीता रौनियार र विन सौराली मगर रहेका छन् । त्यस्तै जिल्ला सचिवमा पुष्प पौडेल, सहसचिवमा अर्जुन राई र कोषाध्यक्षमा राजु खड्का रहेका छन् । जिल्ला कमिटी ९९ सदस्यीय रहेको जनाइएको छ ।