दमक/ स्वरोजगार हलुका समूह दमकको प्रथम परिषद भेला पर्यटकीयस्थल दोमुखामा सम्पन्न भएको छ । हलुका सवारी धनी र चालकहरु समेत आवद्ध यो समुहको प्रथम परिषद भेलाले बालकृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत चयन गरिएको समितिको उपाध्यक्षमा गौतमकुमार लामा,सचिवमा गान्धी प्रसाद भण्डारी,सहसचिवमा दिनेश भट्टराई ,कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा कमल राई चुनिएका छन् ।
समूहले आफना गतिबिधिहरु बाहिर लैजानका लागि प्रवक्ता समेत तोकेको छ । गणेश प्रसाद गौतम यो समुहका प्रवक्ता तोकिएका छन । यसैगरी सदस्यहरुमा भिम पौडेल, बिन्द्रकुमार श्रेष्ठ,नवराज श्रेष्ठ ,रमेश श्रेष्ठ र अर्कलाल दाहाल (सुरज) चयन भएका समुहद्धारा गठित निर्वाचन समितिले जनाएको छ ।
नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक नगर समिति दमकका संस्थापक सचिव समेत रहेका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यमा भएको सो परिषद भेलामा प्रमुख अतिथी प्रसाइँ, हलुका सवारी व्यवसायीका संस्थापक कमल थापा (गोपाल), पत्रकार नेता विष्णु सुब्बा लगायतले स्वरोजगार समूहका निर्वाचित समितिलाई बधाई शुभकामना राखेका थिए ।
भेलाले समूहको लेखा समिति प्रमुखको जिम्मेवारी डिल्लीप्रसाद अधिकारी र सल्लाहकार समितिको प्रमुखमा प्रकाश प्रसाईलाई जिम्मेवारी दिएको छ । आगामी बैठकले लेखा समितिका दुई सदस्य , दुर्घटना समिति गठन गर्नुका साथै सल्लाहकार समितिलाई पूर्णता दिईने संस्थाले जनाएको छ ।
संस्थामा १०५ जना व्यवसायीहरु आवद्ध छन् । बनभोजसहितको सो भेलाका अवसरमा गीत,नृत्य,हण्डीफोर लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरि मनोरञ्जन प्रदान गरिएको थियो ।