दमक/ झापाको दमक ३ स्थित भुटानी शरर्णाी शिविर बेलडाँगी भित्रका तीन वटा पराल माचमा आज एकैसाथ अज्ञात समुहले आगजनी गरेको छ ।
आइतराज सुब्बा र सुरेश राईका तीन वटा पराल माचमा आइतबार साँझ भएको आगजनीका कारण पराल जलेर नष्ट भएको छ ।
आगजनी गर्ने समुहको तत्काल पहिचान हुन नसकेपनि घटनाबारे आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । दमक नगरपालिकाको वारुण यन्त्र र स्थानीयको सहयोगमा त्यहाँको आगो निभाइएको नगरपालिकाको वारुण यन्त्र शाखाले जनाएको छ । आगजनी भएको स्थल आजै बिहान आगलागी भएको स्थलबाट नजिकै पर्ने सशस्त्र प्रहरी बेस क्याम्प बेलडाँगीले जनाएको छ । पराल माचमा आगो बलेको देखिएको हो, आगजनी कसले र कुन उद्धेश्यबाट गरेको हो भन्ने खुलेको छैन– सुरक्षा स्रोतले भनेको छ ।