दमक/ दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज बिहान आगलागी हुँदा तीन वटा छाप्रा जलेर नष्ट भएका छन ।
अन्दाजी बिहान ३ बजे बेलडाँगी शिविर सेक्टर सी फोर , छाप्रा नं.५३५ बस्ने भिमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको छाप्रोमा अचानक विद्युतबाट आगलागी भएको हो ।

आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको छ ।
सो आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीको संयुक्त प्रयासमा बिहान साढे ४ बजे निभाइएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box