दमक/ भट्टराई बन्धुहरुले हरेक तीन बर्षमा सामुहिक रुपमा गर्दै आएको कूलपूजा यस पटकपनि बृहत रुपमा गर्ने तयारी भएको छ ।
वशिष्ठ गोत्रीय भट्टराई बन्धुहरुको साझा संस्था भट्टराई कुल वंश प्रतिष्ठानको आयोजनामा दमकमा यही पुष १ गतेदेखि देवाली (कूलपूजा) गर्ने तयारी गरिएको हो ।
दमकको कृष्णमन्दिरमा केन्द्रीय कार्यालय रहेको भट्टराई कुलवंश प्रतष्ठिान परिसरमा ९ गतेसम्म आयोजना हुने कूलपूजामा देश भित्र र बाहिरका समेत हजारौं भट्टराई बन्धुहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रतष्ठिानले हरेक तीन/ तीन बर्षमा गर्दै आएको कुलपूजा यसवर्ष पनि भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी पूरा गरएिको कुलपूजा मूल आयोजक समतिकिा संयोजक समेत रहेका प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कुलपूजालाई भब्य बनाउन तयारी स्वरुप ९ सय १४ वटा टहरा निमााण गरएिको र दश हजार बढी आगन्तुकलाई अटाउने बासस्थानको ब्यवस्था गरिएको प्रतिष्ठानका सचिव जीवराज भट्टराईले जानकारी दिए ।

पुष १ गतेदेखी बैदकि विधिबाट कुलपूजा गरिने र ९ गते बलि दिइने कार्यक्रम तय गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरवहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो पटक २५ सय बढी बोका बली दिने अनुमान गरिएको छ ।
पुष ८ गते साँझबाट टहरामा विधिपिूर्वक बोका पर्सेर रातभर बसेर बिहान बोका बली दिने गरिन्छ । बोका बलदिन नेपाल बाहेक भारतको सिक्कीम वर्मा, दार्जिलिङि, मणिपुर लगायतका ठाउँबाट आउने क्रम जारी रहेको छ भने भुटान र अमेरिकाबाट समेत प्रतनिधित्वि हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कुलपूजाको समापन गर्न करवि २० लाख बजेट विनियोजन गरएिको जनाइएको छ भने खाने र बस्ने ब्यवस्थाका लागि भौतिक संरचना तयारी गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य धनबहादुर भट्टराईले जानकारी दिए ।

Facebook Comments Box